दलहरु विच विवादीत विषयमा सहमतीको प्रयास आज पनि जारी

पुस २४, काठमाडौँ – प्रमुख राजनीतीक दलहरु विच आज पनि विवादीत विषयमा सहमतीको प्रयास जारी रहने भएको छ । कांग्रेस एमाले र मधेसि मोर्चा विच प्रदेशको कुरालाई लिएर विवाद भए पछि आज पुन छलफल हुने भएको हो ।

यसैविच मुख्य दलका शीर्ष नेताहरुले संविधान लेखनको सन्दर्भमा अब कसरी अघि बढ्ने भन्ने विषयमा आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जवाफ दिने भएका छन् । सहमतिका लागि आग्रह गरेको समय गुज्रीएपछि सभाध्यक्ष नेम्वाङले हिजोआफ्नो कार्यकक्षमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्र्ष नेताहरुसँग छलफल गर्नु भएको थियोे ।

छलफलका क्रममा शीर्ष नेताहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संवाद समितिमै पठाउने वा संविधानसभाबाटै त्यसको टुंगो लगाउने भन्नेमा आजसम्ममा जानकारी गराउने बताएका हुन् ।