पुलिस पोखरा कप फुटबलको दोस्रो चरणमा प्रवेश

पौष २३,पोखरा- नेपाल पुलिस क्लब पोखरा कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको बुधबार भएको खेलमा रुपन्देही ११ लाई ‘सडन डेथ’मा पराजित गर्दै पुलिस विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फ गोल नभएपछि १७ मिनेट थपिएको थियो । सो समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा ३–३ को बराबरी भएपछि ‘सडन डेथ’मा पुलिसले बाजी मारेको हो ।
नाटकीय देखिने खेलको ‘सडन डेथ’मा पनि तेस्रो प्रयासमा पुलिस विजयी भएको हो । यसअघिको उद्घाटन खेलमा विजयी हुँदै सरस्वती युथ क्लब दोस्रो चरणमा पुगिसकेको छ । प्रतियोगितामा १२ टोली सहभागी छन्