सर्वसाधारणले ज्ञानेन्द्रलाई भने ‘राजा आउ देश बचाउ’

पुस २३,रौतहट – पुर्वराजा ज्ञानेन्द्र शााहलाई रौतहटका सर्वसाधारणले राजा आउ देश बचाउ भन्दै नारा जुलुस सहित बिदाई गरेका छन् । केही दिनदेखि रौतहटमा रहेका ज्ञानेन्द्रलाई झापा जानेक्रममा नाराजुलुर सहित बिदाई गरेका हुन् ।

आज झापा गएका उनले त्यहाँ पनि केही दिन बस्ने बताइएको छ । त्यसक्रममा उनीहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने पूर्वराजा शाहले केहीबेर हिँडेर सर्वसाधारणसँंग कुराकानी गरेका थिए । पछिल्लो समय ज्ञानेन्द्रले यस्ता किसिमका भेटघाटलाई बढाएका छन् ।