“स्माइल” को “सधै सधै” बजारमा

काठमाडौँ – नेपाली संगितको दुनिया हेलिएर आउदै गरेका प्रतिभावन यूवा गायक तथा संगितकार शंकर थापा “स्माइल” को नयाँ सागिकि कोशेली “सधै सधै” बजारमा आएको छ । बाल्यकालदखि नै संगित प्रति झुकाव राख्ने यूवा कलाकार थापाको अझै अभै मंगलबार मण्डला थिएटरमा विमोचित भएको हो । गितकार डिपि खनालको एकल शब्द रहेको गित एल्बमको वरिष्ठ गाएक तथा   प्रेमध्वज प्रधान, संगितकार कैलाश राइ र गीतकार डा. कृष्णहरि बराल  ले बिमोचन गरेको छन् ।

shankar
स्कुले जीवनदेखीनै गित संगितमा अभिरुची राख्ने  शंकरले ०६० सालदेखी काठमाडौमा गूरु कैलास राई संग संगितको कखरा शुरु गरेका थिए । यसै गरी गुरुदेव कामद, भारतीय गुरु इन्दु प्रकाश त्रीवेदी सँग गरी पाँचवर्ष सम्म संगितको अध्ययन विताएका छन । निरन्तर संगित साधनामा तल्लिन रहेका थापाले आफ्नो एकल स्वरमा रहेको “सधै सधै” मा यीनै साधनाको स्वाद दिएका बताउँछन् ।
उनले ०६३ सालमा संंगीतको दुनिया पहिलो पटक टाढा टाढा भयौ बोलको गीत गाएर आफ्नो यात्राको शुरुवात गरेका हुन् । गोर्खाको लक्ष्मी बजारमा बुवा भक्तबहादुर र आमा जुना थापाका महिलो सन्तानको रुपमा जन्मेका थापाले हाल करिब १०० भन्दा बढी गतिमा संगित तथा तीन दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेका छन् ।

रेडियो नेपालको अधिराज्यव्यापी आधुनिक गायन तर्फ ०६९ सालमा प्रथम भईसकेका थापा क श्रेणीका गायक हुन् । नेपाली चलचित्र पालो र सिक्स फिट लाईफ मा संगित दिएका उनले आघात,असिम,धडकन, आँशुको मूल लगायत पाँच वटा गीतीएल्बममा सोलो संगित गरेका छन् । संगीतका जुनसुकै विधालाई समातेर आम श्रोतामाझ आफ्नो छुट्टै परिचय बनाउन प्रयत्नरत थापाको अझै अझैमा यस्ता नया एवं मर्मस्पर्शी संगीतको भण्डार रहेको छ । गीत दुनियाका लागि आनन्द मात्र होइन दुख सुखको साथी हुनुपर्छ भन्ने मान्यता गायक तथा संगितकार थापाको विचार रहेको छ ।