धुलीखेलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु,३० घाइते

पुस २३, धुलीखेल- काठमाडौँबाट दोलखाका लागी छुटेको बस धुलीखेलमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । आज बिहान करिब सवा आठ बजे काठमाडौँबाट छुटेको काठमाडौंबाट दोलखाका लागि छुटेको ना३ख११२५ नम्बरको बस अरनिको राजमार्गअन्तर्गत धुलिखेल १ खावामा बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको अझै सनाखत भइसकेको छैन भने अन्यको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।