सुदूरपश्चिमलाई खण्डित नगर्न चेतावनी

पुस , कैलाली- अखण्ड सुदूरपश्चिम एकता समाज, जनआन्दोलन परिचालन समितिले राज्यको पुनःसंरचना गर्ने नाममा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई खण्डित गरी अन्यत्र जोड्ने प्रयास नगर्न चेतावनी दिएको छ । समाजका संयोजक गोपाल देउवाद्वारा जारी प्रेस विज्ञप्तिमा सुदूरपश्चिमको कुनै पनि भूगोल अन्यत्र जोड्ने दुष्प्रयास गरिएमा उत्पन्न हुने भयावह परिस्थितिको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने उल्लेख गरिएको छ ।

राज्य पुनःसंरचनाका सन्दर्भमा विगतमा सरकारसँग भएका सहमतिको दलहरुलाई स्मरण गराउन चाहन्छौँ भन्दै विज्ञप्तिमा सुदूरपश्चिमका तराईका यी दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पूरै वा आंशिकरुपमा अलग राज्यमा गाभ्ने दुष्प्रयास गरिएमा त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ ।