औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव शुरु

पुस २३, धनकुटा – पुर्वाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव शुरु हुँदैछ । “कृषि,पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत पुर्वाञ्चल

क्षेत्रको आर्थिक विकासको आधार” भन्ने नारासहित आजदेखि सुरु हुने भएको हो । उद्योग वाणिज्य सघं धनकुटाको आयोजनामा सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला तथा महोत्सवको
विहान ११ बजेपछि राष्ट्रपति डाः रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक बिजयसन्तोषी राईले वताउनुभयो । माघ २ गतेसम्म चल्ने मेला तथा महोत्सवमा एक लाखभन्दा बढिले अवलोकन गर्ने र एक करोड बढिको आर्थिक कारोबार हुने लक्ष्य लिईएको संयोजक राईले वताउनुभयो । महोत्सवका प्रमुख आकर्षकहरुमा एनटिआईएसमा समावेश
चिया,अदुवा,अलौची लगायतका विभिन्न १९ वटा वस्तुहरु र पुर्वाञ्चलका १६ वटै जिल्लाका उत्कृष्ट उद्यमीहरुद्धारा उत्पादित सामग्रीहरुको प्रर्दशनी रहेका छन् । मेला तथा महोत्सवमा एकसय ५० वटा स्टल राखिएको जनाइएको छ ।