नाबेबियामा हुने डिभिजन टु का लागी अभ्यास खेल खेल्न टोली आज जाँदै

पुस २३, काठमाडौँ – नामिबियामा माघ ३ गतेदेखि हुने डिभिजन–२ क्रिकेटका लागि अभ्यास खेल खेल्न नेपाली टोली आज दक्षिण अफ्रिका जाँदैछ । प्रशिक्षक पुवुदु दशानायक सहित १३ खेलाडी दक्षिण अफ्रिका जाने भएका हुन । अमृत भट्टराई, सहायक प्रशिक्षक विनोद दास सहितका बाँकी सदस्य भने शुक्रबार जाने कार्यक्रम रहेको छ । दक्षिण अफ्रिकामा तीन अभ्यास खेल खेलेर नेपाली टोली सीधै नामिबिया जानेछ । डिभिजन ‘थ्री’को च्याम्पीयन नेपालले डिभिजन–२ मा आयोजक नामिबियासँगै केन्या, नेदरल्यान्डस्, क्यानडा र युगान्डासँग खेल्नेछ । नामिबिया जाने टोलीलाई नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम विच हिजो बिदा गरेको थियो । यसैविच क्यानले कप्तान पारस खड्का सहित २२ खेलाडीलाई हिजो एक वर्षका लागी अनुवन्धको घोषणा समेत गरेको छ ।