पोखराकप फुटबलमा आज पुलिसविरुद्ध रुपन्देही भिड्ने

पुस २३, काठमाडौँ – हिजोदेखि शुरु भएको पोखरा कप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । आज दिउँसो हुने खेलमा नेपाल पुलिसविरुद्ध रुपन्देही भिड्ने भएको छ । पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा प्रतियोगितामा हङकङको एभरेष्ट क्लब तथा भुटानको बीसीएफसीसहित नेपालका विभागीय गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले ३ लाख ५५ हजार रुपयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार पाउनेछन् । उत्कृष्ट फर्वाड, डिफेन्डर, गोलकिपर, मिडफिल्डर र प्रशिक्षकले जनही १५ हजार रुपयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।