नेकपा माओवादी चन्द पक्षको रास्ट्रिय सम्मेलन आजबाट सुरु

पुस २३, काठमाडौँ – बैद्य माओवादीबाट विभाजित नेत्रविक्रम चन्द पक्षको नेकपा माओवादीको राटिष्«य सम्मेलन आजबाट सुरु हुँदैछ । दाङको तुलसीपुरमा सुरु हुँने सम्मेलनमा संयोजक नेत्रबिक्रम चन्द बिप्लवले नेपाली मौलिकतासहितको एकिकृत क्रान्ति सम्पन्न गर्नुपर्ने उल्लेख भएको ३१ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ ।

हिजो अबेर सकिएको सम्मेलन आयोजक समितिको बैठकले पारित गरेको दस्तावेज अध्ययनका लागि यसअघि नै जिल्ला जिल्लामा पठाइएको बताइएको छ । यसअघि रोल्पाको बुढागाउँमा गर्ने भनिएको सम्मेलन मौसमी प्रतिकूलताका कारण दाङमा सारिएको हो । केन्द्रिय समितिको बैठकले जननिर्वाचीत संविधनबाट प्रतिक्रन्तीलाई बैधानिकता दिने निष्कर्ष निकालेको जनाएको छ । २ दिने केन्द्रिय समितिको बैठकमा आजबाट २६ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको एजेण्डाका विषयमा छलफल भएको जिल्ला सेक्रटरी बलबहादुर वली शितलले जानकारी दिनुभयो । सम्मेलनमा ५ सय बढि प्रतिनिधि, पर्यवेक्षक र ६ सय बढि नेता कार्यकर्ता सहभागी रहने नेकपा माओबालदीले जनाएको छ ।