संविधान सभाको बैठक आज पनि बस्दै

पुस २३, काठमाडौँ –संविधान सभाको बैठक आज पनि बस्ने भएको छ । प्रमुख दलहरुको असहमतीका कारण संविधान सभाको बैठक लम्बीदै गएको छ । गत २९ गतेबाट सम्वाद समितीको प्रतिवेदनमा छलफल जारी रहेको बैठक लगातार रुपमा लम्बीदै गएको हो । विवादीत विषयमा छलफल जारी रहेको भन्दै सहमतीका लागी दलहरुले थप समय मागे पछि बैठक झनै लम्बीन पुगेको छ । दिउँसो बस्ने आजको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई कति समय दिने वा नदिने भन्ने विषयमा निर्णय गरिने बताउँनु भएको छ । बैठकमा अझै पनि ३९ जना सभासदले धारणा राख्न बाँकी रहेको जनाईएको छ । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि अधिकतम प्रयत्न गर्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।