दलहरुको छलफल आज पनि जारी

पुस २३, काठमाडौँ –संविधानका विवादीत विषयमा प्रमुख दलहरुले आज पनि छलफललाई निरन्तरता दिने बताएका छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)ले एकीकृत नेकपा(माओवादी) र मधेसवादी दलसँग विवादित विषयमा निर्णायक र अन्तीम छलफल गर्ने बताएका हुन । दलहरुको संयुक्त छलफल प्रधान मन्त्री शुसिल कोइराला निवास बालुवाटरमा अहिले केहि समयमा सुरु हुने भएको छ ।

संविधानको अन्र्तवस्तुमा विवाद झेल्दै आएका प्रमुख चार दलले दूबैपक्षको प्रस्तावलाई सम्बोधन हुने गरी बीचबाट नयाँ सहमती खोज्न प्रयास गर्ने भएका छन् । दलहरुले सहमतीका लागि विपक्षीदल एमाओवादीको नेतृत्वमा आएको ३० दलीय मोर्चाको १० प्रदेश सहितको ९ बुँधे प्रस्ताव र सत्तासाझेदार एमाले कांग्रेसले ल्याएको ७ प्रदेश सहितको ९ बुँधे प्रस्तावको बीचमा रहेर छलफल अगाडी बढेमा सहमती हुन सक्ने बताएका छन् । एमाओवादी सहितको मोर्चाले ल्याएको साझा प्रस्ताव आएपछि छलफलले तिब्रता पाएको हो ।
हिजो भएको छलफल पछि एमाओवादी उपाध्याक्ष नारायण काजी श्रेष्ठले वषय केन्द्रित छलफल भएकाले सकरात्मक भएको प्रतिकृया दिए । यसैबीच नेपाली कांग्रेस एमाओवादी र मधेशीमोर्चाले दुवै प्रस्तावको बीचबाट सहमती खोज्न सहमत भईसकेका छन । यता सत्तारुढदल कांग्रेस र एमाले पनि सके सम्म सहमती गर्नेसहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने निष्कर्ष निकालेका छन् ।