बेचिएकी चेली भागेर नेपाल आउन सफल

पुस २२, अछाम – भारतको हैदराबादमा बेचिएकी अछाम ढाकु–९ का ३१ बषिर्या एक महिला भागेर नेपाल आउन सफल भएकी छन् । उनलाई ढाकु ९ का ६० वर्षिय अमर विष्टले कान्छी श्रीमती बनाएर बेचेका थिए । २ छोरा र १ छोरीकी आमा बनिसका उनले पारिवारिक कलहका कारण ढाकु–९ का ६० बषिर्य अमर बिष्टसँग दोस्रो प्रेम बिबाह गरेका थिइन् ।

उनलाई बिष्टले गत बर्षको साउन महिनामा तेस्रो श्रीमतिका रुपमा भित्रयाएका थिए । त्यसलगतै बिष्टले उनलाई भारतमा लगेर ३ लाख रुपैयाँमा बेची आफू नेपाल फकिर्एको पिडितले बताएकी छन् । करिब १५ महिनापछि बेचिएकी महिला दलालको पंञ्जाबाट भागेर अछाम सदरमुकाम मंगलसेन स्थीत जिल्ला प्रहरी कार्यालयमा पुगेपछि बिबाहको नाटक गरी बेचेको घटना सार्बजनिक भएको हो ।