तोकिएको समयमा संविधान बन्न सक्ने संभावना टर्यो : सभामुख

पुस २२, काठमाडौँ– दलहरुको अर्कमन्यताका कारण तोकिएको समयमा संविधान बन्न सक्ने संभावना टरेको सभामुख सुवास चन्द्र नेम्वाङले बताउनु भएको छ । दलहरुले समयमा सहमती गर्न नसक्दा तोकिएको समयमा संविधान जारी गर्न समय अभाव भएको बताउनु भयो । माघ ८ मा संविधान निर्माण गर्न राजनीतिकदलहरुनै प्रतिवद्ध नभएको पनि नेम्वाङे आरोप लगाउनु भएको छ । नेम्वाङले विवादित विषयमा अफ्ठयारो भएको भए आफुलाई मस्यौदा तयारी गर्न विशेषाअधिकार दिन आग्रह गरेको विषयमा विभिन्न टिक्का टिप्पणी आएको पनि उहाँको भनाई रहेको थियो । दलहरुले आफुले चाहे दुईघण्टामा सहमती गर्न सक्ने बताउँदै आएका दलहरुले नचाहेरनै सहमती हुन नसेको पनि आरोप लगाउनु भएको छ । अबपनि दलहरुले सहमती नगर्ने हो भने माघ ८ गते सम्ममा संविधानको मस्यौदा आउन समेत अफ्ठयारो पर्ने उहाँको भनाई रहेको छ ।