पाकिस्तानमा भलिबल म्याच भैरहेका बेला बम बिस्फोट हुँदा कम्तिमा ५ जनाको

पुष २१ ,पाकिस्तान- पाकिस्तानमा भलिबल म्याच भैरहेका बेला बम बिस्फोट हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । ७ जना भन्दा धेरै घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा बिस्फोट भएको त्यहाँका प्रहरीले जनाएको छ । घटनाको जिम्मा कसैले लिएको छैन ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाको निन्दा गर्दै विद्रोहीलाई समाप्त गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको छ । सन् २०१० मा पनि पाकिस्तानमा भलिबल म्याचका क्रममा विद्रोहीको आक्रमण्ँमा परी १ सय जना भन्दा धेरैको ज्यान गएको अन्तराष्ट«िय सञ्चार माध्यमले जनाएका छन् ।