नियमित मर्मत सम्भारका लागि मनकामनाको केबुलकार २ दिन बन्द हुने

पुष २१ , काठमाडौं – मनकामनामा सञ्चालित केबुलकार सेवा दुई दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि सेवा बन्द गर्न लागिएको केबुलकार सञ्चालक मनकामना दर्शन प्रा।लिले जनाएको छ ।

मनकामना दर्शन प्रा।लि।ले एक सार्वजनिक सूचना जारी गर्दै केबुलकारको मर्मत सम्भारका लागि पुस २३ र २४ गते बन्द गर्न लागिएको जनाएको छ ।
केबुलकार बन्द भएपनि केबुलकारको बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने सञ्चालन हुनेछ ।
मर्मत सकेपछि आगामी पुस २५ गते शुक्रबारदेखि भने केबुलकारको नियमति सेवा सुरु हुनेछ ।