स्पेनिस जाइन्ट रियल मडिडको २२ खेलको विजयी यात्रामा

काठमाडौं – स्पेनिस जाइन्ट रियल मडिडको २२ खेलको विजयी यात्रामा पूर्णविराम लागेको छ । स्पेनिस ला लिगा अन्तरगत गए राति भएको खेलमा भ्यालेन्सियाले लिग लिडर रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यसअघि वर्षको अन्तिममा भएको मैत्रिपूणर््ँ खेलमा एसी मिलानले पनि ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १४ औं मिनेटमा रियल मड्रिडको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा भ्यालेन्सिया खेलमा फकिर्यो । ५२ औं मिनेटमा एन्टोनियो बर्रागनले बराबरी गोल गरे । खेलको ६५ औं मिनेटमा ओटामान्डीले गोल गर्दै घरेलु टोलीलाई २–१ को महत्वपूणर््ँ जित दिलाए । रियल मड्रिडको औपचारिक खेलमा सेप्टेम्बर १३ पछि पहिलो हार हो । सेप्टेम्बर १३ मा एथ्लेटिका मड्रिडले चिरप्रतिद्धन्द्धी रियललाई हराएको थियो । यद्यपि अर्को खेलमा बासिर्लोना रियल सोसियाडसँग पराजित भएकाले रियल मड्रिडको शीर्षता कायमै छ ।
रियल १६ खेलबाट ३९ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बासिर्लोनाको ३८ अंक छ भने समान अंक जोडेको डिफेण्डिङ च्याम्पियन एथ्लेटिका मड्रिड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।