क्यानले राष्टिय टोलीका खेलाडीलाई मासिक तलब दिनेबारे आज औपचारिक निर्णँय

पुष २१ , काठमाडौं – नेपाल क्रिकेट सङघ क्यानले राष्टिय टोलीका खेलाडीलाई मासिक तलब दिनेबारे आज औपचारिक निर्णँय गर्दैछ । दिउँसो बैठक बसेर खेलाडीलाई मासिक तलब दिनेबारे लिखित निर्णँय गरिने क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताउनुभयो । अजा लिखित निर्णय गरी मंगलबार खेलाडीलाई अनुबन्ध गरिने उहाँले जानकारी दिनुभयो । कर्माचार्यका अनुसार अहिले खेलाडीलाई चार समूहमा वर्गीकरण गरेर एक वर्ष सम्मका लागि मासिक तलब दिने तयारी भएको छ ।
समूह ‘ए’ मा पर्ने खेलाडीले ३५ हजार रुपैयाँ, ‘बी’ मा पर्नेले २५ हजार, ‘सी’ मा पर्ने १५ हजार र ‘डी’ समूहमा पर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ दिने क्यानले तयारी गरेको हो । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेष्वाकर परेका छन् ।
समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् ।
यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको तर निश्चित भैनसकेको क्यानले जनाएको छ । क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण्ँ गरेको हो ।