गरिबीको कारण गुजारा चलाउन नसकेर धनुषामा एक महिलाले आत्महत्या

पुष २१ ,धनुषा – गरिबीको कारण गुजारा चलाउन नसकेर धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् । पाँच वर्षदेखि ढल्केवर बजारमा ठेलामा चियापसल गरी बस्दै आएकी शान्ति चौधरीले गए राती घरमै पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । साना दुई छोराकी आमा रहेकी शान्तिका श्रीमान जिवछ चौधरीको एक वष घि विरामीको कारणज्यान गएको थियो । श्रीमानको ज्यान गएपछि चिया पसल त्यति नचल्ने भएकाले घरपरिवार चलाउन र साँझ विहान खान समेत शान्तिलाई समस्या हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

जाडोको समयमा लुगाफाटोको अभाव र चियापसलबाट घरपरिवार सञ्चालन कठिनाई भएर छोराहरुको दुःख देख्न नसकी शान्तिले आत्महत्या गरेको हुन सक्ने स्थनीयबासिन्दाको भनाई छ ।