युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि अरनिको राजमार्ग बन्द

पौष २१,काभ्रे- काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् ।

शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय ज्ञानु ठकुरीको शव प्रहरीले परिवारको स्वीकृति विना नै उठाएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् ।
घटनाको सत्यतथ्य र मृतकलाई क्षतिपूर्तिको माग गर्दै स्थानियले हिजो पनि सांझ दुई घण्टा राजमार्ग बन्द गराएका थिए ।
गत शुक्रबार हराएको भनिएका ठकुरीे शनिबार बिहान सडक पेटीमा मृत भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।