चालकरहित विमान आक्रमणमा छ को मृत्यु

पुष २०,पाकिस्तान- पाकिस्तानको सधै अशान्त भइरहने उत्तर वाजिरिस्तानको आदिवासी इलाकामा आइतबार तालिवानी आतङ्ककारी समूहलाई लक्षित गरी एक अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा ६ आतङ्ककारीको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै सो आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

सो ड्रोन आक्रमण तालिवानीका सेनापति हाफिज गुलबहादुर र साथैसाथ उत्तरी वाजिरिस्तानस्थित रहेको एक उज्बेक कमाण्डरको शिविर लक्षित रहेको जनाइएको छ । उत्तरी वाजिरिस्तानको आल्वारा मान्दीस्थित एक परिसर र एक सवारी साधनलाई लक्ष्यगरी गरिएको दुईवटा क्षेप्यास्त्र प्रहारमा ६ आतङ्ककारीको मृत्यु भएको एक वरिष्ठ सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई बताउनु भएको छ । सो इलाकामा सन् २००० को सुरुदेखि नै अलकायदा र तालिवानी आतङ्ककारीहरुको सञ्जालको बलियो प्रभाव रहँदै आएको छ