डुङ्गा दुर्घटनामा दुईको मृत्यु सोह्र बेपत्ता

२० पुस,मनिला- भियतनामको नजिकैरहेको फिलिपिन्सको एक जलक्षेत्रमा भएको एक कार्गो डुङ्गा दुर्घटनामा कम्तीमा दुई नाविकको मृत्यु भएको छ । सो दुर्घटनामा अझै पनि १६ व्यक्ति बेपत्ता रहेका फिलिपिन्स विदेश विभागले आइतबार जानकारी दिएको छ । फिलिपिन्सको भुङ्ग ताउ सिटीको तटीय क्षेत्रमा गत जनवरी २ मा सो कार्गो डुङ्गा दुर्घटनागस्त भएको जनाइएको छ । वदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सो दुर्घटनाबाट एक फिलिपिनो चालकदलका सदस्यलाई भने उद्धार गरिएको र डुङ्गा दुर्घटनाको कारण भने प्रष्ट पारिएको छैन् ।
भियतनामी अधिकारीको नेतृत्वमा जारी रहेको उद्धारकार्यको क्रममा दुई वटा शव फेला पारिएको १६ अझै बेपत्ता रहेको होनाईमा रहेको फिलिपिन्स दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।