बेनी आक्रमणका मृतकका परिवारलाई ३ लाखरुपैयँ दिन सरकारलाई निर्देशन

पुष २०, काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्धन्दको बेला म्याग्दी सदरमुकाम वेनी आक्रमणमा मारिएकाको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।

स्वविवेकीय आधारमा ग्रहण गरेको उजुरीका सम्बन्धमा प्रत्येक मृतकको हकवालालाई ३ लाख क्षतिपूर्ति उपलव्ध गराउन आयोगले निर्देशन दिएको हो । सोही घटनामा परी घाइते भएका व्यक्ति र त्यहाँको भौतिक क्षतिबारे कार्यदल गरी त्यसले उपलब्ध गराएको तथ्यांक बमोजिम सम्वन्धित व्यक्तिहरुलाई पर्याप्त र उचित क्षतिपूति दिर्न सिफारिस गरिएको छ ।