महाराजगञ्जमा संचालित सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

कपिलवस्तु- कपिलवस्तुको विभिन्न स्थानमा रहेका वर्थिङ्ग सेन्टरवाट नवजात शिसुको जन्म गराउने क्रम वढेको छ । जिल्लाको महाराजगंजमा रहेकोसुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रवाट सुरक्षित गर्भपतन सेवा समेत संचालनमा आएको हो । स्वास्थ्य केन्द्रका इन्चार्ज विधाधर पाण्डेका अनुसार सुरक्षित गर्भपतन सेवा प्रति सेवाग्राहीहरुको चाप बढ्दै गएको छ । हाल सम्म २ दर्जन बढी सुरक्षित गर्भपतन गराउने काम झएकोमध्ये सत प्रतिशत सफलता हासिल भएको छ । प्राथमिक केन्दबाट बथिङ्ग सेवा पनि प्रभावकारी रुपमा हुदै आएको छ ।