तीन वर्षमा १२ सय मेगावाट बिजुली

पुष २०, काठमाडौँ- मुलक लोड सेडीगंले आक्रान्त बनिरहेका बेला राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले तीन वर्षभित्र देशमा १२ सय मेगावाट बिजुली थप हुने बताएका छन्। चितवन उद्योग संघको भरतपुरमा सम्पन्न १५औं साधारणसभामा वाग्लेले यस्तो बताएका हुन्। सरकारी क्षेत्रबाट पाँच सय ६० र निजी क्षेत्रबाट ६ सय ३० मेगावाट बिजुली तीन वर्षभित्र उत्पादन हुन्छु, उनले भने, गएको सय वर्षमा आठ सय मेगावाट बिजुली उत्पादन भएको थियो तर अबको तीन वर्षभित्रै एक हजार दुई सय मेगावाट बिजुली थप हुँदैछ। विगत १२ वर्षमा ५० मेगावाटमात्र बिजुली थप हुन सकेको जानकारी दिँदै डा वाग्लेले यस वर्ष ऊर्जा क्षेत्रमा सकारात्मक संकेत देखा परेको बताए। पूर्वाधार संकट, नीतिको निरन्तरता नहुनु र श्रमबारे चरम राजनीतिकरण नेपाली उद्योगका वर्तमान समस्या भएको उनको भनाइ छ। कृषिको विकास, औद्योगिकीकरण र सेवा क्षेत्रको विस्तारले राष्ट्रलाई विकसित बनाउन सकिने धारणा व्यक्त गर्दै उनले चितवन आर्थिक केन्द्र बन्नसक्ने बताए।