न्यायाधीश बम हत्याका आरोपी पक्राउ

पुष १९, काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । बमको इजलासले आफ्ना समूहका मान्छेलाई जेल पठाएको भन्दै बदलाको लागि हत्या गरिएको प्रहरीको भनाई छ ।

बम हत्याको अनुसन्धान गरिरहेको प्रहरीले केही समय अघि चुरेभावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ता बाबु थापालाई पक्राउ गरेको थियो । न्यायाधीश बममाथि काठमाडौंको शंखमुल नजिक बागमती किनारमा १८ जेठ २०५९ बिहान ११ बजे तीन राउण्ड गोली प्रहार भएको थियो भने उनका अंगरक्षकलाई पनि गोली हानिएको थियो । मोटरसाइकलमा रहेका दुई जनाले न्यायाधीश बमको कार रोकेर गोली हानेका थिए ।