प्रक्रियामा गएर भएपनि माघ ८ मा नै संविधान आउँछ : उपसभापति पौडेल

पुष १९, काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रक्रियामा गएर पनि निर्धारित माघ ८ मा संविधान ल्याउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को आयोजनामा आज जोरपाटीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सर्वसम्मति कहीँ पनि हुन नसक्ने भएका कारण सहमतिका नाममा समय खेर नफाली नेपाली जनताको चाहनाअनुरुप संविधान जारी गर्नुपर्ने उल्लेख गरेका हुन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनता नै सर्वोपरी हुने उल्लेख गर्दै उहाँले जनताको सर्वोच्चताका लागि शासकीय स्वरुप संसद्को नियन्त्रणमा हुनुपर्ने धारणा राखे ।

नेपाली जनताले गरेका सङ्घर्षको उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान अपरिहार्य भएको चर्चा गर्दै उहाँले एनेकपा ९माओवादी० लगायतका दलहरु संविधान निर्माणका लागि विभिन्न बखेडा झिकिरहेको आरोप लगाए । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सभासद् अम्बिका बस्नेतले देशलाई सङ्क्रमणबाट मुक्त गर्दै समृद्धिको मार्गमा उन्मुख गराउन संविधान जारी गर्नुको विकल्प नभएको बताए ।