प्रेसर कुकर विष्फोट हुँदा दर्जन विद्यार्थी घाइते

१९ पुस ,जनकपुरधाम- जनकपुरमा शनिबार प्रेसर कुकर विष्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । जनकपुरको आर डी निकेतन विद्यालयको छात्रावासमा कुकर विष्फोट हुँदा विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा वर्ष १० का सोनु यादव, वर्ष ८ का अनिल यादव, वर्ष १० का अशोक शर्मा, वर्ष ११ का मुकेश झा, वर्ष १० का प्रचण्डकुमार ठाकुर, वर्ष १३ का बालकृष्ण यादव, वर्ष ८ का जीतेन्द्र यादव, वर्ष ९ का चन्दन यादव, वर्ष ८ का साहिल ठाकुर, वर्ष १० का राजन यादव र वर्ष ८ का रियाज मुसाफिर रहेका छन् । बिहान ८ बजे खाजा खान बसेका विद्यार्थी नजिकै रहेको प्रेसर कुकर विष्फोट भएर घाइते भएका थिए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।