नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार

पुष १९, काठमाडौँ- श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि आज बिहान घर फकिर्नुुभएको छ ।

नभिर्क अस्पताल थापाथलीमा उपचारमा संलग्न डा वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको बताउनुभयो । पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ती जारी गर्दै अस्पताल बसाइका क्रममा उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सुक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ । बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकामा बिहीबारदेखि बिनाअक्सिजन सहज रुपमै श्वास लिनाका साथै ज्वरो पनि निको भएको थियो ।