सुदुरपश्चिमको बाजुरामा भारि हिमपात जन जीवन कष्टकर

पुष १९,बाजुरा-मुलुकभर बर्षा र हिमपात परेसँगै बाजुराको उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको चिसोले उच्च क्षेत्रमा बसोवास गर्ने समुदायलाई सास्ती भएको छ । हिमपातको चिसोले गाइगोरु भैसि भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन । रातभर परेको हिमपातले जिल्लाका विच्छ्याँ, मार्तडी, दहकोट, पाण्डुसैन, कोटिला, जुगाडा, जगन्नाथ, कोल्टी मानाकोट गाविसका अधिकाँस गाउँहरु सेताम्व्य भएका छन । यहाँको आवत–जावत बन्द हुनुको साथै दैनिक काम समेत प्रभावीत भएको छ ।
आज विहान देखि परेको हिमपातले सदर मुकाम मार्तडी देखि पुर्वी उत्तरका ११ गाविसको आवत जावत विक्षत भएको छ । पाण्डुसैन र मार्तडीको विचमा पर्ने पोरखे लेखमा ५ फिट बढी हिमपात भएपछि, सदरमुकाम देखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न वोक्ने खच्चड, ट्याक्टर बन्द भएका छन ।
चिसोका कारण जिल्ला सदरमुकाम मार्तडी सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ भने बुढापाका र गोठमा बस्ने छाउपढी र सुत्केरी महिलालाई निकै कष्ट भएको महिलाहरुले बताएकी छन ।