यौनसाथीलाई सन्तुष्टि दिने उपायहरु

पुष १९, काठमाडौँ-  यौन मानिसको जीवनका महत्त्वपूर्ण पक्षमध्ये एक हो । यो आफ्नो मात्रै होइन, आफ्नो यौनसाथीको रुचि र सन्तुष्टिमा पनि समान ध्यान दिनुपर्ने विषय हो । त्यसैले पारिवारिक जीवनका लागि पनि यौनको उत्तिकै महत्त्व छ । तथापि, कतिपय पुरुष शीघ्रपतनको समस्याबाट पीडित हुन्छन् । त्यसका कारण महिला यौनसाथीलाई यौनसन्तुष्टि प्रदान गर्न सक्दैनन् । यसैकारण तनावको सिर्जना र सिकार हुने गरेको पाइन्छ । तर, यो समाधानहीन समस्या होइन । केही कुरालाई ध्यान दिने हो भने यो समस्याबाट मुक्ति पाउन सकिने यौनविशेषज्ञहरूको मत छ । त्यसमध्येका महत्त्वपूर्ण बुँदा यी हुन् स्

सम्भोगका लागि उचित समय र स्थान छान्नुहोस् । जसमा दुवैलाई मन पर्ने स्थान होस् । तनावरहित समय होस् । त्यसैगरी त्यो स्थानमा सुरक्षाको पूर्ण अनुभूति होस् ।
सम्भोगका लागि हतार नगर्नुहोस् । मनमा कुनै प्रकारको भय, चिन्ता वा हडबडाहट भएको वेला सहवास नगर्नुहोस् ।

सम्भोगको प्रक्रियाअघि साथीलाई उत्तेजित पार्न समय लगाउनुहोस् । आफ्नो उत्तेजनालाई नियन्त्रण गर्नुहोस् । महिलालाई उत्तेजित हुन पुरुषभन्दा बढी समय लाग्छ भन्ने कुरा ख्याल राख्नुहोस् ।

सम्भोग प्रक्रिया सुरु गरेपछि पनि बीच–बीचमा रोकिनुहोस् र फेरि सुरु गर्नुहोस् । यस क्रममा चुम्बन गर्नुहोस् । संवेदनशील अंग चलाउनुहोस् ।

मधुमेहले शीघ्रपतनको समस्या निम्त्याउन सक्छ । त्यसैले त्यसलाई नियन्त्रण गर्नुहोस् । मदिरापान कम गर्नुहोस् । मदिरापान बढी गर्दा पनि यौनजीवनमा हानि पुग्छ ।
आफ्नो यौनसाथीसँग बढीभन्दा बढी समय कुरा गर्नुहोस् । त्यस्तै प्राक्क्रीडामा समय दिनुहोस् ।

योगले पनि यौनजीवनलाई राम्रो बनाउन मद्दत गर्छ । त्यसका लागि आश्विनी मुद्राको अभ्यास गर्नुहोस् । त्यस्तै, बज्रोली मुद्राले पनि सम्भोगको अवधि बढाउन मद्दत गर्छ ।