चिसो र हिमपातका कारण जनजीवन प्रभावित

पुष १९, काठमाडौँ-  बिहिबार बेलुकादेखि परेको बर्षा र हिमपातका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यकामा तामक्रम न्युन बनेसँगै मानिसहरु खासै बाहिर निस्केका छैनन। काठमाडौँ नजिकैका हिमालमा बर्षासँगै परेको हिमापातका कारणले चिसो बढेको मौसम अपुर्वानुमान महासाखाले जनाएको छ ।

त्यस्तै मुलुकका अन्य उच्च हिमाली भेगमा यतिबेला भारी हिमपात भएको छ, भने तल्लो क्षेत्रमा बर्षा भईरहेको छ । हिमपात बिहिवार विहानबाट नै सुरु भएको हो । । जिल्लाका रुगीन, बिच्छ्या, जुकोट, दहकोट, कैलाशमाण्डौ, मानाकोट, काँडा, कोल्टी, पाण्डुसैन, आटीचौर लगायतका अधिकांश गाविसमा हिजोदेखि नै हिउपर्न सुरु भएको खबर प्राप्त भएकोे छ । वर्षासँगै भएको हिमपातका कारण स्थानीयलाई दैनिक कामकाज गर्न असहज भएको छ भने स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । हिमपात जारी र वर्षा रहेकोले जिल्ला सदरमुकाम र तल्लो भेगका गाउँ बस्तीसम्म हिउपर्ने अनुमान गरिएको छ । हिमपात र वर्षाका कारण हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । पोरखे लेकमा परेको बाक्लो हिमपातका कारण कोल्टी क्षेत्रको आवत जावतसँगै जीप र ट्याक्टर सेवा पनि बन्द भएको छ । स्थानीय बजार पनि हिजोदेखि दिनभर बन्द भएका छन् । यसैबीच मौसमी बसाई सरेका भोटे जनजाति परिवारलाई समेत समस्या भएको छ । खुला आकाशमा पाल टाँगेर बसेका जनजाति परिवारलाई चिसोका कारण सास्ती बेहोर्नु परेको छ ।