मुस्ताङ किदुग अमेरिकाको अध्यक्षमा लामा

पुष १९, काठमाडौँ- अमेरिकामा बस्दै आएका मुस्ताङे नेपालीहरुको संगठन मुस्ताङ किदुग अमेरिकाको अध्यक्षमा सोनाम लामा सर्वसम्मत भएका छन् । लामाकै अध्यक्षतामा झण्डै डेढ दशक अगाडि संस्थाको स्थापना गरिएको थियो । लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति १७ सदस्यीय रहेको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा सम्पन्न किदुगको अधिवेशनमा निवर्तमान अध्यक्ष छेपक दोर्जे गुरुङले वर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए । मुस्ताङ किदुगले आगामी तीनवर्षभित्र न्युयोर्कमा मुस्ताङ हाउस निर्माण गर्ने लक्ष्य समेत लिएका छन् । किदुगले सामाजिक सेवाका क्षेत्रमा समेत योगदान दिदै आएको छ ।
सोनाम लामाको अध्यक्षतामा नवगठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष चन्द्र लामा, राजकुमार विष्ट, महासचिव दावा दोर्जी, सचिव तेन्जिङ गुरुङ, कोषाध्यक्ष भरत गुरुङ, सहकोषाध्यक्ष टासी ग्योम्सो र सदस्यहरुमा गट्टु विष्ट, पेमा लोक्ते, कुंगा पाशाङ, छोसाङ गुरुङ, छिरिङ अङग्या, निमा छिरिङ, लक्स्याल गुरुङ, रिन्जिन गुरुङ, छिरिङ दोर्जी र आदेश थकाली रहेका छन् ।