प्रमुख नेताहरु आज पनि छलफलमा जुट्दै

पुष १९, काठमाडौँ- संविधानको अन्तरबस्तुमा सहमति जुटाउन दलहरु विच आज पनि छलफल जारी रहने भएको छ । दलहरु विच दुई पक्षिय र सर्वपक्षिय छलफल हुने भएको हो । सहमति जुटाउन काग्रेस र मधेसी मोर्चाको बैकठ आज दिउँसो १ बजेका लागी तए भएको छ भने एमाले र एमाओवादी बीच पनि दिउँसो नै छलफल हुने भएको हो । दुई दलिय छलफल पछि प्रमुख चार दलको बैठक अपराहन्न ४ बजे बस्ने भएको छ ।

लामो समय सम्म पनि सहमती जुटाउँन नसकेका दलहरु आज पनि छलफलमा जुट्ने भएका हुन । सोमबार सम्म सहमती जुटाउँन नसके प्र्रक्रियामा जान अख्तीयरी प्रदान गर्न संविधान सभा अध्यक्षले चुनौती प्रस्तुत गरे पछि दलहरुविच अर्को एउटा तरङग उत्पन्न भएको छ । कांग्रेस एमालेले सभाध्यक्षको प्रस्तावमा सहमति जनाएको बताएका छन् भने एकीकृत माओवादीले अलोकतान्त्रिक र असंवैधानिक भएको टिपनी गर्दै आएको छ । हिजो पनि विभिन्न चरणका छलफलमा नेताहरुले आ आफ्नो भनाई राख्ने काम मात्रै गरेका थिए । आजकौ बैठकमा ठोस निष्कर्ष निकाल्ने प्रयास गरीने काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताउनु भकोछ ।