१९ औ राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा उपाधीका लागी आज फाईनल खेल

पुष १९, काठमाडौँ-१९ औ राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा सेमिफाईनल र फाईनल खेल आज हुँदैछ । खराब मौसमाका कारण हिजो नै हुने भनिएको दोस्रो सेमिफईनल खेल रद्द भए पछि आज नै सेमिफईनल र फाईनल खुबै खेल एकै दिनमा हुने भएको हो । रद्द सेमिफईनल खेलमा नेपाल पुलिस र मध्यममाञ्चल विच प्रतिष्पर्धा हुने भएको छ । रुपन्देहि भलीबल संघको आयोजनामा बुटवल मण्डपमा जारी प्रतियोगितामा सेमिफाईनल विजेताले उपाधीका लागी सशस्त्र प्रहरीको एपीएफ संग आजै खेल्नु पर्ने छ । एपीएफ क्लब पश्चिमाञ्चललाई सोजो सेटमा हराउँदै हिजो फाईनलमा प्रबेश गरेको थियो ।