ब्रिटेनकी महारानी एलिजावेथका छोरालाई नाबालिकासँग शाररिक सम्पर्क राखेको आरोप

पुष १९, काठमाडौँ- ब्रिटेनकी महारानी एलिजावेथका छोरालाई नाबालिगसँग शाररिक सम्पर्क राखेको आरोप लागेको छ । यद्यपि, महारानीको कार्यालयले भने प्रिन्स एन्ड्रयूमाथि लागेको उक्त आरोप निराधार भन्दै बचाउ गरेको छ ।

अमेरिकाको एक अदालतमा यस आरोपसहितको दस्तावेजमा पेश गरिएपछि यो प्रकरण सार्वजनिक भएको हो । प्रिन्स एन्ड्रयूका साथी मानिएका यौन अपराधका दोषी जैग्रें एप्सटीन विरुद्ध पेस गरिएको कागजपत्रमा उल्यख रहेको छ । अमेरिकाको फ्लोेरिडास्थीत अदालतमा एक महिलाले पेश गरेको दस्तावेजमा उनको नाम आएलगत्तै बकिंघम प्यालेसले अरोप निराधार भएको जनाएको हो । आफू नाबालिग रहेको समय सन् १९९९ देखि २००२ को बीचमा एप्सटीनले प्रिन्ससँग शाररिक सम्बन्ध राख्न विवश पारेको दावी ती महिलाले गरेकी हुन् ।

एक नाबालिगलाई वेश्यावृत्तिमा लगाएको भन्दै अमेरिकी व्यापारी एप्सटीनले सन् २०११ मा १८ महिना कैद बस्नु परेको थियो । सोही समयमा प्रिन्स एन्ड्रयूले एप्सटीन आफ्नो साथी रहेकामा दुःख व्यक्त गरेका थिए । प्रिन्स एन्ड्रयू महारानी र ड्यूक अफ एडिन बराका तेस्रो सन्तान हुन् ।