एयर एसीयाको विमान अनुमती विना उडान भर्ने गरेको खुलासा

पुष १९, काठमाडौँ- एयर एसीयाको विमान अनुमती विना उडान भर्ने गरेको खुलासा भएको छ । विना अनुमती एयर एसियाको सुराबाया देखि सिंगापुरसम्म उडान भरेको खुलासा भए पछि ईन्डोनेसियामा यातायात मन्त्रीलले सबै विमानको उडान निलम्बन गर्नुभएको छ । गएको आईतबार इन्डोनेसियाबाट सिंगापुरका लागि उडान भरेको विमान अनुमति बिना नै उडेको खुलासा भएपछि ईन्डोनेसियाका यातायात मन्त्रीले सबै विमानको उडान निलम्बन गर्नुभएको खबर बिबिसीले जनाएको छ । बिबिसीका अनुसार त्यो विमानको उडान चार दिनपछि मात्रै थियो । १ सय ६२ यात्रुसहित सिंगापुरका लागि उडेको एयर एसियाको क्यूजेड ८५०१ जाभा समुद्री दुर्घटना भएको थियो । अहिलेसम्म समुद्रबाट ३० जनाको मात्र शव निकालिएको छ ।