विपीक्षदलहरुले आन्दोलनका कार्यक्रम आजबाट

पुष १९, काठमाडौँ-एकीकृत माओवादी नेृतत्वको ३० दलीय मोर्चाको आन्दोलन आजदेखि शुरु हुँदैछ । संविधान जारी गर्ने माघ ८ नजिकिंदै गए पनि संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै आएको मोर्चाले आमहड्ता सम्मका विभिन्न संघर्षको कार्यक्रम सुरु गर्दै छ । मोर्चाले पहिचानसहितको संविधान निर्माण गरिनुपर्ने भन्दै दबाब दिन आज कैलालीको ट्राफिक र क्याम्पस रोडबाट विशाल जुलुस प्रदर्शन गर्दैछ । त्यसैगरी पुस २५ देखि २९ सम्म प्रदेशमा आलोपालो आम हड्ताल गरिने एकीकृत ने.क.पा. माओवादी नेतृत्व मोर्चाले जनाएको छ । ३० दलिय मोर्चाको अन्दोलन आजबाट सुरु भएर विभिन्न विरोधका कार्यक्रम गर्दै माघ ५ गते आमहड्ता सहित टुङगाईने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।