पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

Petrol-Pump-300x288पुष १९ , काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ‍। निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर एकसय १३ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँमा पाइने निगमले जनाएको छ। यसअघि पेट्रोल लिटरको एकसय १६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९२ रुपैयाँ थियो।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा मूल्य घटेको आधारमा मूल्य घटाएका हौ‌,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने। स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपछि निगमले छैटौं पटक मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्यासको नोक्सानीसमेत घटेको छ। आयल निगमले हवार्इ इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य समायोजन गरिएको छैन्।