बजाज मोटरसाइकल अब नेपालमै बन्ने

पुष १८,काठमाडौँ- सबैभन्दा बढी बिक्री हुने बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द गोल्छा समूहले देशमै उत्पादन गर्ने भएको हो ।
नेपालमा मोटारसाइकल प्रयोग र बिक्री बर्षेनी बढ्दै गएको छ । गएको बर्ष मात्रै १ लाख ७५ हजार ३ सय वटा बिक्री भयो, जसमा बजाज कम्पनीका मोटरसाइकलको संख्या करिब ५० हजार थियो ।