अब महिलालाई छुट्टै बस

पुष १८,काठमाडौँ-सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुर्व्‍यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरूका लागि अब छुट्टै बस सेवा सञ्चालन हुने भएको छ। यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्र बस सञ्चालन गर्ने भएको हो।

संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडीमध्ये चारवटा महिलाका लागि मात्रै चलाउने निर्णय गरेको छ। अहिले १४ किलोमिटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस चल्छन्।