मुख्य दलहरु संविधानका विवदीत विषयमा सहमतीमा पुग्न नसक्दा माग ८ को संविधान अन्यौलमा

पुष १८, काठमाडौँ- मुख्य दलहरु संविधानका विवदीत विषयमा सहमतीमा पुग्न नसक्दा माग ८ को संविधान अन्यौलमा परेको छ । एक वर्ष भित्र सहमतीय संविधान जारी गर्ने दलहरुको प्रविद्धता खेर जाने निश्चीत जस्तै बनेको छ । पटकपटक सहमती जुटउँने कसरत गर्े पनि असफल बनेका प्रमुख दललाई सभामुख सुवास चन्द्र नेम्वाङले ४ दिने अल्टीमेटम दिनु भएको छ ।

दलहरुलाई सहमती गरेर संविधान सभामा आउँन नभए प्रक्रियामा जान अख्तीयरी प्रदान गर्न नेम्वाङले दलहरुलाई चुनौती दिनु भएको छ । नेम्वाङले संविधानको मस्यौदा लेख्ने अधिकार आफुलाई दिन प्रस्ताव गरेपछि दलहरुको छलफल नयाँ मोडमा पुगेका छ । आज दलहरुले त्यसमा नै केन्द्रित रहेर छलफल गर्दैछन् । माघ ८ गतेभित्र संविधान जारी गर्ने उपाय र विधि बारे नेताहरुसँग भएको छलफलमा हिजो नेम्वाङले सकेसम्म सहमति गर्न नभए मस्यौदा दिने अधिकार दिन प्रस्ताव गर्नुभएको थियो । कांग्रेस एमालेले सभाध्यक्षको पस्तावमासहमति जनाए पनि एकीकृत माओवादीले प्रस्ताव सकारात्मक भएपनि अहिले नै त्यसमा जानुपर्ने बेला नभएको बताएको छ ।