संविधान जारी गर्ने विकल्पको खोजीमा शीर्षदलको छलफल जारी

पुष १८, काठमाडौँ- दलहरुले पुर्व निर्धारण गरेको समयमा संविधान जारी हुन सम्भव नदेखिएपछि उनीहरु विकल्पको खोजीमा लागी परेका छन् । यसैबिच आज दलहरुले त्यसमा नै केन्द्रित रहेर विभिन्न चरणमा छलफल गर्दैछन् । माघ ८ गतेभित्र संविधान जारी गर्ने उपाय र विधि बारे नेताहरुसँग भएको छलफलमा हिजो नेम्वाङले सकेसम्म सहमति गर्न नभए मस्यौदा दिने अधिकार दिन प्रस्ताव गरेपछि दलहरुको रस्साकस्सी सुरु भएको हो ।

सत्तासाझेदार कांग्रेस एमालेले सभाध्यक्षको पस्तावमासहमति जनाए पनि एकीकृत माओवादीले प्रस्ताव सकारात्मक भएपनि अहिले नै त्यसमा जानुपर्ने बेला नभएको बताएको छ । आज प्रमुख दलहरुको बैठक बसेर सहमतिका लागि देखिएको सम्भावन र संविधाज जारी गर्ने अरु उपयाका विषयमा छलफल हुनेछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवटारमा बस्ने बताएपनि समय भने तय भइसकेको छैन । यसैबीच नेपाली कांग्रेसले संविधानसभा अध्यक्षको प्रस्तावमा धारणा बनाउन नेपाली कांग्रेसले छलफल गर्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।