ग्यास अभाव कायमै, अभावका विषयमा संसदीय समितीले देखायो चासो

पुष १८, काठमाडौँ- लामो समय देखिको खाना पकाउने ग्याँसको कृत्रिम अभाव हाल पनि कायमै छ । जसका कारण सर्वसाधारण मारमा परेका छन् । यसैबिषयमा व्यवस्थापिका संसद अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यासको अभावका विषयमा आज सरकारी अधिकारी र सरोकारवालासँग छलफल गर्दैछ ।

बिहान बस्ने बैठकमा समितिले सरकारका सचिव, आयल निगमका अधिकार र ग्यास व्यवसायीलाई बोलाएको छ । यसअघि बजारमा भएको कालोबजारी नियन्त्रण गर्न र कारवाही गर्न ध्यान आकर्षण गराइसकेको छ । यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै समितिले फेरि छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ । सभासदहरूले दैनिक उपभोग्य वस्तुको कालोबजारी गरी व्यापारीहरूले उपभोक्तामाथि अन्याय गरेको भन्दै यसमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिले दिएका निर्देशनहरू कार्यान्वयन गर्न सरकार गम्बिर नभएकोप्रति आज थप गम्भीर ध्यानाकर्षण गराउने बताए ।