सिरियामा गत वर्ष ७६ हजारभन्दा बढी मानिस मारिएको एक अध्ययनको भनाइ

पुष १८, एजेन्सी –  सिरियामा गत वर्ष ७६ हजारभन्दा बढी मानिस मारिएको एक अध्ययनले देखाएको छ । बेलायती मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स’का अनुसार सन् २०१४ सिरियामा विद्रोह सुरु भएयताकै सबैभन्दा खराब वर्ष बन्यो ।

सिरियामा जारी हिंसाको क्रममा गत वर्ष ७६ हजारभन्दा बढीले ज्यान गुमाए । जसमा १७ हजारभन्दा बढी निहत्था नागरिक थिए भने ३५ सयभन्दा बढी बालबालिका थिए ।
उता, वर्ष २०१४ मा इराकमा १५ हजारभन्दा बढीले विभिन्न हिंसामा परी ज्यान गुमाए । इराकमा सन् २००७ यताको यो सबैभन्दा खराब वर्ष बन्यो ।
सिरिया र इराकमा प्रभाव बढाइरहेको इस्लामिक स्टेट (आइएस) विद्रोहीको प्रवेशले यो वर्ष दुबै देशमा हिंसात्मक घटनामा बृद्धी भएको हो ।
सिरियामा राष्ट्रपति बशार अल असदविरुद्ध ४ वर्षदेखि जारी संघर्षको क्रममा हालसम्म २ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।