बर्षा र हिमपातका कारण मुलुकभरको जनजीवन प्रभावित,हिमाली जिल्लामा भारी हिमपात

पुष १८, काठमाडौँ- बर्षा रहिमपातका कारण मुलुकभरको मौसम परिवर्तन भई चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण आज मौसम बदली भएको र देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डु उपत्यकामा भने केही चिसो कम भएको छ । केही ठाउँमा पानी परेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । मौसम बदलीसँगै आज उपत्यकामा छिटफुट तथा पश्चिमी भेगमा हल्का वर्षा भएको छ । मौसम विज्ञान विभागका अनुसार अझै दुई दिनसम्म मौसम बदली हुने र पश्चिमका हिमाली भेगमा हिमपात हुने सम्भावना छ । आकाशमा वादल लागेपछि बिहानका सबै हवाई उडानसमेत प्रभावित भएका छन् ।

काठमाण्डुको अधिकतम तामक्रम १३ र न्यूनतम ५ डिग्री रहेको छ । यसैबिच हिमाली जिल्ला मनागं, मुस्तांग, मुगु, रोल्पा, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण बजारहरु खुल्न सकेका छैनन् भने सर्वसाधरणहरु घरबाट बाहिर निस्केका छैनन् ।मा हिमपात हुने नाईएको छ ।