राप्रपा नेपालको रथयात्रा काठमाडौँ प्रवेश

पुष १८, काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशका विभिन्न स्थानमा आयोजित रथयात्रा आज राजधनीमा सभाको आयोजना गरेर सम्पन्न गर्दै छ । यही पुस ९ गतेदेखि काकरभिट्टाबाट सुरु भएको सो रथयात्रा तराईका २२ जिल्ला तथा पहाडका आठ जिल्लामा यात्रा तथा सभा गरी हिजो राजधानी आई पुगेको रथयात्रा सम्पन्न हुने भएको हो । पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै करिब दुई हजार किमिको सो यात्रा गरेको र यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय जनतासँग अन्तक्र्रिया तथा सभा गरेको छ । भक्तपुरको दत्तात्रय तथा ललितपुरको कृष्णमन्दिर आसपास क्षेत्रमा आज यात्रा गरी अपराह्न खुलामञ्चमा सभा गरेर पशुपतिनाथमा पुगेर रथयात्रा समापन हुने पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच सोही दलका केही असन्तुष्ट नेताले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति विरोध गर्दै थानकोटमा आजै दिउँसो कालो झन्डा प्रदर्शन गरे ।