नेपाली फुटबल खेलाडी विमललाई नयाँ मौका

पुष १७, काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाउनु भएको छ । यसअघि एन्डरलेकसँगको सहकार्य बेल्जियमको कडा नियमले टुटेपनि त्यहींको अर्को एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाउन लाग्नु भएको हो । एन्डरलेकमा विमललाई प्रवेश गराउन बेल्जियमका एजेन्ट लुइस डी भ्रिस सहयोग गरेका हुन् । बेल्जियममा गैरयुरोपियन खेलाडीको हकमा नयाँ र कडा खालको नियमका कारण विमलले १८ वर्ष नपुग्दासम्म एन्डरलेकबाट औपचारिक प्रतियोगिता भने खेल्न पाइने छैन ।