गर्भपतन गराउनेको संख्यामा बृद्धि

पुष १८,काठमाडौँ – पछिल्लो समय शैक्षिक जनशक्तिको संख्या बढेपनि गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन बृद्धि भएको छ । काठमाडौ पोखरा लगायतका शहरी इलाकामा मात्र नभई मोफसलमा पनि यो क्रम बढेको छ । जसको पछिल्लो उदाहरण बनेको छ े राप्ती अञ्चल । जसको अस्पताललाई गर्भपतनका लागि मान्यता दिएपछि अहिले सो अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको हो । यस आर्थिक वर्षको हालसम्ममा सो अस्पतालबाट ८० जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । विसं २०६५ मा जनस्तरबाट स्थापित भएको अस्पतालले गत वर्षको फागुन महिनादेखि मात्र सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता पाएको थियो । यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप सेन्टर तुलसीपुर र परिवार नियोजन सङ्घ दाङले मात्र उक्त सेवा गर्ने पाउने कानुनी मान्यता पाएका थिए । अस्पतालका प्रमुख डा भोलाराम श्रेष्ठले गत साउनदेखि हालसम्म अस्पतालमा ८० महिलाले सुरक्षित गर्भपतन गराएको बताउनुभयो । यसरी गर्भपतन गराउन आउनेमा २० वर्षदेखि ४० वर्षसम्म उमेर रहेको बताइएको छ । गर्भपतन गराउन अस्पतालमा आएका मध्ये केही अविवाहिता पनि रहेका छन् ।