अबैध गर्व बोकेको भन्दै छोरी मार्ने बाबु आमा पक्राउ

पुष १७, महोत्तरी- महोत्तरीमा आफ्नै छोरीलाई कर्तव्य गरी ज्यान मारेको आरोपमा प्रहरीले उनका बुबा आमालाई पक्राउ गरेको छ । त्यस्तै उनीहरुका चालकलाई पनि पक्राउ गरिएको छ ।महोत्तरीको धमौरा गाविसबाट बुबा  सञ्जिवकुमार मिश्र, उनकी श्रीमती विनिता मिश्र र चालक मोहम्मद अहमद रहेको हो  । प्रहरीले मिश्र दम्पतीले आफ्नै छोरी सोनाली मिश्रले अवैध गर्व बोकेको भन्दै गत पुस ५ गते राति कर्तव्य गरी मारेर आफ्नै गाडीमा राखी भारतमा लगेर जलाएको आरोप लगाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।